१६ माघ, काठमाडौं

पत्रकार तथा सामाजिक अभियान्ता राजु रसालीको नेपाली सामाजमा विद्ममान जातिय छुवाछुत र भेदभाव अनत्यका लागि समानता जुटौं गीत सार्वजनिक भएको छ ।  “ आऊ संगीत साथी अब एक भएर जुटौं समानताको पक्षमा दलित सबै उठौँ” भाव सहितको जनचेतनामूलक गीत सार्वजनिक भएको हो ।


यस गीतका रचनाकार राजु रसाली हुन भने गीतमा संगित तथा एरेन्ज लोक गायक तथा संगीतकार पदम बि.सिले गरेका छन ।

गीतमा स्वर नेपाली लोक संगीतका वरिष्ठ गायक राजु परियारले दिएका छन् ।

विगत लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा परिचित राजु रसालीको यो पहिलो गीत हो ।

पाल्पा जिल्ला घरभई बि.स.२०६० सालबाट रेडियो पत्रकारिताबाट सामाजिक अभियन्ताको रुपमा काम सुरु गरेका रसाली जनउत्थान प्रतिष्ठानका पूर्व महासचिव पनि हुन् ।

दलित विषय वस्तुमा कलम चलाउने रसालीका विभिन्न पत्र-पत्रिकाहरुमा लेख तथा रचनाहरु प्रकाशन भएका छन् ।

समानतामा जुटौं भन्ने भाव बोकेको यस गीतले खास गरेर पछिल्लो समयमा नेपालमा भएको राजनीतिक र सामाजिक परिवर्तनले पनि दलित समुदायको राज्यका सबै क्षेत्रमा समान पहुच हुन नसकेको कुरा उल्लेख गरिएको छ ।

नेपाली सामाज रूपमान्तरण र दलित अधिकारका लागि भएका प्रयासहरू प्रयाप्त नभएका राज्य,समाज र सरकार दलित समुदायका सवालमा संवेदनशिल हुन नसेको बताउने राजु रसाली आफुले गीत मार्फत दलित अधिकारका लागि सानो प्रयास गरेको बताउँछन् ।

विगत केही समयदेखि उच्चशिक्षा हासिल गर्न हाल दक्षिण कोरिया रहेका राजु रसालीलाई यस गीतको सफलताको शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर