१६ माघ, काठमाडौं
पत्रकार तथा सामाजिक अभियान्ता राजु रसालीको नेपाली सामाजमा विद्ममान जातिय छुवाछुत र भेदभाव अनत्यका लागि समानता जुटौं गीत सार्वजनिक भएको छ । “ आऊ संगीत साथी अब एक भएर जुटौं समानताको पक्षमा दलित सबै उठौँ” भाव सहितको जनचेतनामूलक गीत सार्वजनिक भएको हो ।
यस गीतका रचनाकार राजु रसाली हुन भने गीतमा संगित तथा एरेन्ज लोक गायक तथा संगीतकार पदम बि.सिले गरेका छन ।
गीतमा स्वर नेपाली लोक संगीतका वरिष्ठ गायक राजु परियारले दिएका छन् ।
विगत लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा परिचित राजु रसालीको यो पहिलो गीत हो ।
पाल्पा जिल्ला घरभई बि.स.२०६० सालबाट रेडियो पत्रकारिताबाट सामाजिक अभियन्ताको रुपमा काम सुरु गरेका रसाली जनउत्थान प्रतिष्ठानका पूर्व महासचिव पनि हुन् ।
दलित विषय वस्तुमा कलम चलाउने रसालीका विभिन्न पत्र-पत्रिकाहरुमा लेख तथा रचनाहरु प्रकाशन भएका छन् ।
समानतामा जुटौं भन्ने भाव बोकेको यस गीतले खास गरेर पछिल्लो समयमा नेपालमा भएको राजनीतिक र सामाजिक परिवर्तनले पनि दलित समुदायको राज्यका सबै क्षेत्रमा समान पहुच हुन नसकेको कुरा उल्लेख गरिएको छ ।
नेपाली सामाज रूपमान्तरण र दलित अधिकारका लागि भएका प्रयासहरू प्रयाप्त नभएका राज्य,समाज र सरकार दलित समुदायका सवालमा संवेदनशिल हुन नसेको बताउने राजु रसाली आफुले गीत मार्फत दलित अधिकारका लागि सानो प्रयास गरेको बताउँछन् ।
विगत केही समयदेखि उच्चशिक्षा हासिल गर्न हाल दक्षिण कोरिया रहेका राजु रसालीलाई यस गीतको सफलताको शुभकामना !