स्याङ्जा,
सुमिता भट्टराई,
राष्ट्रडेली
कालिगण्डकी अस्पतालमा क्यूआर कोड भुक्तानी सेवा सुरु भएको छ ।
प्राईम कमर्सियल बैंक लि . कालीगण्डकी शाखा द्वरा कालीगण्डकी अस्पताल र कालीगण्डकी अस्पताल फार्मेसी लाई (QR) क्यूआर कोड हस्तान्तरणको लागी औपाचारिक कार्यक्रम बिच सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिका अधक्ष्य तथा प्रमुख अतिथी खिम बहादुर थापाले (QR) क्यूआर कोडमा निकै प्रथामिकता
दिई प्रबिधी मैत्री गाउँपालिकाको बिषयमा प्रस्तयाउनु भयो । कार्यक्रममा बिषेस अतिथीहरुमा वडा ७ का अधक्ष्य ,
मिर्मी बहुमुखी क्याम्पसका प्रमुख्,शिक्षा शाखा प्रमुख्, स्वास्थ शाखा प्रमुख्,साथै अन्य ब्यासायिक व्यक्तित्वहरु को उपस्थिति रहेको थियो ।
बैंकका शाखा प्रमुख लेखनाथ आचार्यले क्यूआर कोड (QRCode) को प्रयोगले समय र श्रमको बचत गरी नगद कारोवारलाई निस्कृय गर्ने
भएकाले यो महामारीको समयमा कोभिड सन्क्रमणको जोखिमलाई पनि न्युनिकरण गर्ने बताउनु भयो । कार्यक्रममा बैंकका कर्मचारीहरु सन्तोष पौडेल र खेमन झेडिले(QRCode) क्यूआर कोडको महत्व बारे प्रकास पार्नु भएको थियो । कार्यक्रमको संचालन बैंकका कर्मचारी टिका भण्डारीले गर्नु भएको थियो ।
कालिगण्डकी गा.पा. मा रहेको प्राईम कमर्सियल बैंक लि . ले सो क्षेत्रमा बिभिन्न समाजिक कार्यहरु गर्दै आइरहेको छ ।