२०७८ पुष २८, बुधबार

नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा पुलिसले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । यो जित सँगै पुलिसको फाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

एपिएफ भने लगातार तेस्रो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

आजै भएको अर्काे खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो ।

महिलातर्फ एपिएफ क्लबले न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि ३-२ को प्रतिस्पर्धात्मक जित निकालेको छ ।

जितसँगै एपिएफको दुई खेलबाट ५ अंक पुगेको छ । हारका बावजुत डायमन्ड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा छ ।

अर्काे खेलमा पुलिसले आयोजक टाइगर गु्रप अफ पोखरालाई ३-० को सोझो सेटमा पराजित गर्दै पहिला जित दर्ता गरेको छ ।

माघ १ गतेसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५-५ टोलीको सहभागिता रहेको छ ।

महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ ।

महिला तथा पुरुषतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर