२०७८ पुष २८, बुधबार

इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले सहज जित निकालेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डमाथि ४–१ को सहज जित निकालेको हो ।

साउथह्याम्टनको जितमा जान बेडनारेक, अर्मान्डो ब्रोजा र चे एडाम्सले एक गोल गर्दा एक गोल उपहार पाएको थियो, ब्रेन्टफोर्डका अल्भारो फर्नान्डेजले आत्मघाती गोल गरे थिए । ब्रेन्टफोर्डका भिटाली जानेल्टले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा बेडनारेकले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए ।

२३ औं मिनेटमा जानेल्टले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ को बराबरीमा ल्याए । ३७ औं मिनेटमा फर्नान्डेजले आत्मघाती गोल गरेपछि साउथह्याम्पटन २–१ ले अघि रह्यो ।

४९ औं मिनेटमा बोर्जाले गोल गर्दै साउथह्याम्पटनको अग्रता ३–१ को बनाए । त्यसपछि ७० औं मिनेटमा एडाम्सले गोल गर्दै साउथह्याम्पटन ४–१ ले विजयी भयो ।

जितसँगै साउथह्याम्टन २० खेलबाट २४ अंक जोडेर ११ औं स्थानमा उक्लन सफल भएको छ ।

पराजित ब्रेन्टफोर्ड २३ अंक जोडेर १३ औं स्थानमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर