२०७८ पुष २८, बुधबार

दाङमा माघी मेला स्थगित हुने भएको छ ।  दाङको घोराही १३ को बाह्रकुने दह र लमही ९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा यस पटक मेला नलाग्ने भएको हो ।


बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको निर्णय अनुसार दहमा मेला स्थगित गरिएको जानकारी दिए ।

मन्दिरमा पूजा गर्नका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक झन्डै तीन सय मानिसहरु आउने गरेका छन् । मन्दिरमा भेडाको बली दिइने र परेवा उडाइने गरिन्छ ।

यस्तै लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङ लगायत भारतबाट पनि भक्तजन आउने गर्दछन् । त्यहाँ पनि दैनिक मानिसहरुको भिडभाड र जमघट हुने गर्दछ । तर यस वर्ष मेला स्थगित गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर