
२०७८ पुष २८, बुधबार
दाङमा माघी मेला स्थगित हुने भएको छ । दाङको घोराही १३ को बाह्रकुने दह र लमही ९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा यस पटक मेला नलाग्ने भएको हो ।
बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको निर्णय अनुसार दहमा मेला स्थगित गरिएको जानकारी दिए ।
मन्दिरमा पूजा गर्नका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक झन्डै तीन सय मानिसहरु आउने गरेका छन् । मन्दिरमा भेडाको बली दिइने र परेवा उडाइने गरिन्छ ।