२०७८ पुष २६, सोमबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ ।


सोमबार बिहान गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री पौडेललाई कोरोना पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

रुघा र सामान्य खोकी लागेपछि पौडेलले पीसीआर परीक्षण गरेका थिए ।

पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ। मन्त्री पौडेलले सोमबार बिहान पीसीआर परीक्षण गरेका थिए ।

पौडेलका प्रेस संयोजक विमल खड्काका अनुसार मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेत लगायतलाई कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर