२०७८ पुष २६, सोमबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफ्नो भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गर्न खोजिरहेको आरोप लगाएका छन् ।
गृहजिल्ला झापा पुगेका ओलीले राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा सरकारले नारायणहिटी कप्लक्कै खाइसकेको टिप्पणी गरे । नारायणहिटी संग्रहालयमा क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारको संरक्षण रहेको भन्दै उनले अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी ओलीको ज्वाइँ बनाउन खोजिएको बताए ।

बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले आफू शेरबहादुर देउवाको निकटस्थ भएको र झापाको भद्रपुर ससुराली भएकाले केपी ओलीले ज्वाइँ भन्ने गरेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर