२०७८ पुष २६, सोमबार
अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ जना बालबालिका छन् ।
आगलागीमा दर्जनौं घाईते भएका छन् । १९ तले सो भवनको दोस्रो तलाबाट आगो लागेको हो ।
‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । कम्तिमा ६३ जना घाईते भएका छन् ।
आगलागीपछि २०० जना अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका थिए ।
आगलागीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको छ।