२०७८ पुष २६, सोमबार

नेकपा एमालेले दसौं महाधिवेशन गरेपछि जिल्ला अधिवेशन गरेको छ।

गत मंसिरमा चितवनमा महाधिवेशन भएको थियो। एमालेले अधिकांश जिल्लामा सर्वसम्मत अध्यक्ष चयन गरेको छ। कतिपय जिल्लामा भने चुनाव भएका छन्।

एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्दै सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। एमालेले प्रदेश अधिवेशन पनि गर्न बाँकी छ।

कुन जिल्लामा को अध्यक्ष?

  • काठमाडौंमा दीपक निरौला
  • ललितपुरमा पुरूषोत्तम आचार्य
  • सिन्धुलीमा कुमारबहादुर कार्की
  • इलाममा महेश बस्नेत
  • खोटाङमा रामप्रसाद दंगाल
  • गुल्मीमा बालसिंह काउछा
  • तनहुँमा श्रीप्रसाद श्रेष्ठ
  • रसुवामा कर्णेल लामा
  • नुवाकोटमा बद्रीप्रसाद मैनाली
  • झापामा दीपक कार्की
  • पाल्पामा धनेन्द्रराज घिमिरे
  • दाङमा हुकुम बस्नेत
  • डोल्पामा शेरबहादुर बुढा
  • सल्यानमा गोविन्द पुन
  • बर्दियामा लालबहादुर श्रेष्ठ
  • बाँकेमा किष्मत कक्षपति
  • धादिङमा भूमि त्रिपाठी
  • अर्घाखाँचीमा पिताम्बर भुषाल
  • मोरङमा ऋषिकेश पोखरेल
  • काभ्रेपलाञ्चोकमा अशोक ब्याञ्जू
  • भक्तपुरमा बचन देउजा
  • सप्तरीमा ताराकान्त चौधरी
  • धनकुटामा ईन्द्रमणि पराजुली
  • नवलपरासी पश्चिममा दीपेन्द्र अधिकारी
  • कपिलबस्तुमा डम्बर शर्मा
  • तेह्रथुममा तेजमान कन्दङ्वा
  • रूपन्देहीमा तेजेन्द्र केसी
  • लम्जुङमा कृष्ण अधिकारी
  • गोरखामा प्रेम गुरूङ
  • पाँचथरमा राजकुमार भण्डारी
  • रामेछापमा आनन्द श्रेष्ठ
  • मकवानपुरमा एकलाल श्रेष्ठ
  • डडेल्धुरामा प्रकाश साउद
  • भोजपुरमा शरण राई
  • बैतडीमा सुरेन्द्र पाल
  • म्याग्दीमा देवेन्द्र केसी
  • जुम्लामा शान्तिलाल महत

प्रतिक्रिया

सम्बन्धित खवर