२०७८ पुष २३, शुक्रबार

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा सहभागी भएका नेताहरूलाई एकपछि अर्कोलाई कोरोना संक्रमण पुष्टि हुने क्रम जारी छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएकै दिन केन्द्रीय सदस्य ७६ वर्षीय दिनानाथ शर्मालाई पनि पुष्टि भएको छ। यसैगरी केन्द्रीय सदस्य शक्ति बस्नेत र उनकी पत्नी तथा नेतृ सत्या पहाडीलाई पनि कोरोना भएको छ । पहाडीले सामाजिक सञ्जालमार्फत श्रीमान श्रीमती नै कोरोना भएर होम आइसोलेसनमा बसेको जानकारी दिएकी हुन्।

‘तेस्रोपटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा’, उनले लेखेकी छन्। यस्तै माओवादी केन्द्रका नेताहरू मातृका यादव, हरिबोल गजुरेलल पनि संक्रमण पुष्टि भएपछि आइसोलेसनमा छन्।

माओवादी केन्द्रको यही पुस ११–१८ मा काठमाडौंमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी भएकामध्ये सयभन्दा बढी जनालाई कोरोना संक्रमण भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर