२०७८ पुष २३, शुक्रबार

राजामौलीले आफ्नो करिअरमा थुप्रै हिट फिल्म दिएका छन्। तीमध्ये ‘मगधीरा’ यस्तो फिल्म हो जसले उनलाई भारतको सफल निर्देशकका रूपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्यो।

https://amzn.to/4myfPN5

दक्षिण भारतीय फिल्म पारखीहरूका लागि यो एउटा मजेदार फिल्म हो जसमा कलाकार छनौटदेखि प्रेम, हाँस्य, द्वन्द्व र संवेदनाको मिश्रण छ। फिल्मको प्राविधिक पक्ष पनि त्यत्तिकै बलियो छ।

मगधीराले सिनेम्याटोग्राफी र स्पेसल इफेक्ट्स लागि नेसनल अवार्ड जितेको थियो। त्यस्तै, छवटा फिल्मफेयर अवार्ड जितेको यो फिल्मले नौवटा नन्दी अवार्ड र १० वटा सिनेमा अवार्डसमेत हात पारेको थियो।

सन् २००९ मा सार्वजनिक यो फिल्म राजामौली मात्र होइन, फिल्मका अन्य कलाकारहरूका लागि पनि करिअरको टर्निङ प्वाइन्ट साबित भयो।

मगधीराले दर्जनौं अवार्डबाहेक अर्को रेकर्ड पनि राखेको छ।

सन् २००५ मा रिलिज भएको ‘चन्द्रमुखी’ को रेकर्ड तोड्दै मगधीरा सिनेमा हलमा लगातार एक हजार दिन प्रदर्शन हुने दक्षिण भारतीय फिल्म पनि हो।

प्रतिक्रिया

सम्बन्धित खवर