२०७८ पुष २३, शुक्रबार

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी तीन वटै तहको चुनावमा काँग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताउनुभएको छ ।


शुक्रबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्तव्य राख्दै थापाले आगामी वैशाखमा स्थानीय चुनाव हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अघिल्लो पटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यो पटक त्यस्तो बन्दैन । कांग्रेसका कार्यकर्ताले अबको चुनावमा रुख चिन्ह बाहेक अन्त भोट हाल्नुपर्ने अवस्था आउँदैन । म यो विश्वास दिलाउन चाहन्छु । वैशाखको मसान्तसम्ममा स्थानीय चुनाव हुन्छ र अर्को वर्षको मंसिर सम्ममा आम चुनाव हुन्छ । मैले बुझेको संविधान यही हो, मैले बुझेको कानुन यही हो र अदालतले संसद् पुनर्स्थापना गर्दा भनेको पनि यही हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर