२०७८ पुष २३, शुक्रबार

शुक्रबार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


विहीबार ५४० जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार झण्डै दोब्बरले संक्रमितको संख्या बढेको हो ।

देशभर गरिएका ८ हजार २ सय ७२ पीसीआर परीक्षणका क्रममा ५ सय ७२ जना र ६ हजार ६ सय ९९ एन्टीजेन परीक्षणका क्रममा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ९३ पुगेको छ । गत २४ घण्टामा कोरोनका कारण मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ६ सय २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ६२ जना निको भएका छन् । हालसम्म नेपालमा ८ लाख १३ हजार ७ सय ९ जना निको भएका छन् । हाल ५ हजार ७ सय ४१ सक्रिय संक्रमित आइशोलेशन र ११३ जना क्वारेन्टाइनमा रहेको मन्त्रलयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर