
२०७८ पुष २३, शुक्रबार
भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढेको छ ।
पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ ।
यो अवधिमा ३०४ जनाको कोभिडका कारण मृत्यु भएको छ ।
भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ ।
भारतमा २६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ ।
सात महिनापछि पहिलो पटक संक्रमितको संख्या एक लाख नाघेको हो ।
सन् २०२१ को ६ जुनमा भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमित देखिएका थिए ।
कोभिडबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ ।
महाराष्ट्रमा शुक्रबार ३६ हजार २६५ नयाँ संक्रमित भेटिएका छन् ।
यस्तै, संक्रमण बढेपछि मुम्बईमा लकडाउन गर्ने तयारी भएको छ ।