२०७८ पुष २३, शुक्रबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा जिल्ला अधिवेशन उद्घाटन गरेका छन्।


केन्द्रीय कार्यालय थापाथलीबाट आज ६१ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सहमतिमा जोड दिएका हुन्।

‘हामीले हरेक समयमा सहमतिलाई जोड दिएका छौं,’ अध्यक्ष ओलीले भने, ‘सकेसम्म सहमति र एकतावद्ध भएर मन नखुम्च्याइँकन सहमतिमा पुग्न र अगाडि बढ्न म आग्रह गर्दछु।’

गत मंसिरमा महाधिवेशन गरेको एमालेले जिल्ला अधिवेशन आज र प्रदेश अधिवेशन माघमा गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर