२०७८ पुष २३, शुक्रबार

नारायणहिटी संग्रहालय परिसरमा रेष्टुराँका लागि निर्माण भएका संरचना भत्काइएको छ ।


सरकारले सो संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुराँको विषयमा छानबीन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ परिसरको पर्खाल भत्काइएको हो ।

बतास समुहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले हिजो छानविन समिति बनाएको थियो । तर समितिले काम सुरु गर्नुअघि नै संग्रहालयका कार्यकारी निर्देशक दाहाल आफैं उपस्थित भएर पर्खाललगायतका संरचना भत्काइएको छ ।

आफूले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रेष्टुराँ परिसरमा बनेको थप संरचना भत्काउन पत्राचार गरेको बताउँदै कार्यकारी निर्देशक दाहालले थप संरचना भत्काउन लगाउनु भएको हो ।

२०६६ सालमै नारायणहिटी परिसरमा बनेको रातो घरलाई २०७६ साल माघमा बतास समुहलाई कफीसप सञ्चालान गर्न अनुमति दिएको थियोे । नारायणहिटीको जग्गा अधिग्रहण गरी बतास समुहले जथाभावी संरचना निर्माण गरेपछि विवाद भएको हो । पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गर्नुभएको थियो ।

नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा समितिले छानबिन गर्नेछ । संग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुराँका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर