
२२ पुस २०७८, बिहीबार
थप ५ सय ४० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ३० हजार ४ सय ८० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३१ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ सय ७१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १३ हजार ४ सय ४७ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय २ जना पुगेको छ ।