२२ पुस २०७८, बिहीबार

धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिए ।

प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।

प्रतिक्रिया

सम्बन्धित खवर