२२ पुस २०७८, बिहीबार

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त हुनुभएको छ ।

https://amzn.to/4myfPN5

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरीएको थियो ।

गत पुस १ गते युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रीस्तरीय निर्णयबाट सिफारिस समिति गठन गरेका थिए ।

सोही समितिको सिफारीसको आधारमा मन्त्रीपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालकालागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरीएको हो ।
उपाध्यक्ष पदमा नियुक्तिका लागि १२ जनाले आवेदन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर