२२ पुस २०७८, बिहीबार

डडेल्धुराको अमरगढी–१ को मालम गाउँमा युवाहरुले नेताहरुलाई गाउँ प्रवेमा प्रतिबन्ध लगाएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जनप्रतिनिधिको रुपमा निर्वाचित भएकाहरुले विकासको काममा बेवास्ता गरेको भन्दै युवाहरुले ब्यानर टाँगेर नेताहरुमाथि गाउँ प्रवेशमा निषेध गरेका हुन ।

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गमा पर्ने डडेल्धुराको मुख्य चोक स्याउले बजारबाट करिब २ किलोमिटर दुरीमा रहेको मालम गाउँमा जाने मुख्य ग्रामिण सडक माथि युवाले ब्यानर लगाएका छन् ।

करिब दुईसय घरधुरी रहेको मालम गाउँमा दुई दशकदेखि पानीको हाहाकार हुँदा पनि जनप्रतिनिधिहरुले बेवास्ता गरेको हुँदा युवाहरु आक्रोशित बनेका हुन । यस्तै, युवाहरुले उच्च शिक्षा, सडकमा कालोपत्रे, बेरोजगार युवाका लागि सिपमुलक कार्यक्रम सुचारु गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर