२०७८ पुष २१, बुधबार

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त वन निर्देशक हेमराज विष्टविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

https://amzn.to/4myfPN5

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विष्टविरूद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बुधबार मुद्दा दायर गरेको हो।

पदमा बस्दा विष्टले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा कमाएको देखिएको अख्तियारले जानकारी दिएको छ।

विष्टले २०५५ साल वैशाख २७ गते वन सेवा अन्तर्गत सहायक वन अधिकृतबाट सेवा सुरू गरेका थिए। उनी २०६८ साल चैत ६ गते जिल्ला वन अधिकृत भएका थिए।

उनले सरकारी सेवा सुरू मिति र २०७७ कात्तिक १७ गतेसम्मको अवधिको अनुसन्धान गर्दा उक्त बराबरको रकम गैरकानुनी आर्जन गरेको पाइएको अभियोग पत्रमा उल्लेख गरिएको छ।

सो अवधिमा सिर्जित तथा खर्च लगानीको वैध आय १७ करोड ३७ लाख १२ हजार ६२९ रुपैयाँमात्रै देखिएको अख्तियारको अभियोग पत्रमा दाबी गरिएको छ।

विष्टकी श्रीमती रूबीलाई पनि प्रतिवादी बनाइएको छ। अनुसन्धानमा रूबीको नाममा घर जग्गा र बैंक खाताहरूमा मौज्दात देखिएकाले भ्रष्टाचार निवारण ऐन अनुसार अकुत सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर