२०७८ पुष २१, बुधबार

हिन्दु परम्पराअनुसार आमाबुवाको मृत्युपछि दाहसंस्कार छोराले नै गर्ने चलन छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भारतको ओडिसा राज्यमा भने छोराहरूको अनुपस्थितिमा छोरीहरूले आमाको अन्तिम संस्कार गरेका छन्।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार मंगलाघाटमा बस्ने ८० वर्षीया जाति नायकको आइतबार मृत्यु भयो। उनको दाहसंस्कार गर्न छोराहरू नपुगेपछि चार छोरीहरू मिलेर अन्तिम संस्कार गरेका हुन्। उनका दुई छोरा र चार छोरीहरू छन्।

मृतक जातिको छिमेकीका अनुसार छोराहरू नआएपछि दिदी-बहिनीले नै आमाको शवलाई काँधमा बोकेर चार किलोमिटर टाढा रहेको आर्यघाटसम्म पुर्‍याए। धेरै बेरसम्म कुर्दा पनि भाइहरू नआएपछि छिमेकीकै सहयोगमा उनीहरूले आमाको शव आफैंले लैजाने निर्णय गरेका थिए।

श्रीमानको मृत्युपछि जातिले निकै दुःख गरेर छोराछोरीलाई हुर्काएकी थिइन्। उनले बाटोमा ठेला राखेर छोराहरूलाई पढाइन्। तर उनीहरू अन्तिम पटक आमाको अनुहार हेर्नसमेत आएनन्।

मृत्युअघि पनि छोराहरूले उनको वास्ता गर्दैन थिए।

‘आमाले पहिले नै छोराहरूले मेरो वास्ता गर्दैनन् भन्नुहुन्थ्यो,’ मृतकका जेठा ज्वाइँले भने, ‘आमा हामीलाई भेट्न केही दिनअघि आउनुभएको थियो। तब उहाँले तिमी नै मेरो जेठो छोरा हौ किनकी कहिले पनि छोराले मेरो वास्ता गरेनन्, मलाई धेरै वर्षदेखि भेट्न पनि आएका छैनन् भन्नुभएको थियो।’

मृतक जातिकी छोरी सीतामणि साहुले पनि भाइहरूले कहिल्यै आमाको खबर नसोधेको बताइन्।

‘पछिल्लो दस वर्षदेखि आमालाई वास्ता गरेनन्। भाइहरूले आमालाई कहिल्यै साथमा समेत राखेनन्। एक पटक पनि आमालाई सन्चो छ/छैन सोधेनन्। आफ्नो ध्यान आफैं राख्नुहुन्थ्यो।’

मृत्यु हुनु केही दिनअगाडि जाति बिरामी भएकी थिइन्। उनलाई छोरी-ज्वाइँले एम्बुलेन्समा अस्पताल लगेका थिए। त्यतिबेला पनि भाइहरू आमालाई भट्न नआएको उनले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर