२०७८ पुष २१, बुधबार

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले बुटवलका लालहरि पाण्डेयको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ऋषिकेश जि.सी (बाँके), उपाध्यक्षहरूमा केशव सापकोटा (कपिलबस्तु), गोविन्द पौडेल (पाल्पा) सचिवमा धनराज चापागाई (नवलपरासी), कोषाध्यक्षमा अमर राज सुवेदी (दाङ्ग), सहसचिवमा तेजनाथ पौडेल (बर्दिया), सहकोषाध्यक्षमा महेश भूर्तेल (रुपन्देही) चयन भएका छन् ।

यस्तै कार्यकारिणी सदस्यहरूमा शारदा ज्ञवाली (रुपन्देही), रामदेव यादव (रुपन्देही), उपेन्द्र गुप्ता (नवलपरासी), वासुदेव रिजाल (दाङ्ग) र राजेन्द्रकुमार आचार्य (बाँके) चयन भएका छन् ।

बाँकेको कोहलपुरमा सम्पन्न अधिवेशनको उद्घाटन समारोह प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षता र लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री सुरेन्द्रबहादुर हमालको प्रमुख अतिथ्यतामा भएको थियो ।

प्रदेश अधिवेशनमा प्रदेशका विभिन्न जिल्लाबाट ३५० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर