२०७८ पुष २१, बुधबार

बिभिन्न व्यक्तिहरुको फेसबुक ह्‍याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्वरे नगरपालिका १० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

https://amzn.to/4myfPN5

सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुका फेसबुक आइडि ह्‍याक गरी आइडीको दुरुपयोग गरी आइडिमा भएका साथीहरुसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर