२०७८ पुष २१, बुधबार

जुम्लामा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन थालिएको छ ।

जसअन्तरर्गत मंगलबार चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ ।

अतिक्रमण हटाउने बहस सुरु भएको करिब एक दशकपछि मंगलबार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्रमण हटाउने परिणाममुखी काम सुरु भएको नागरिक अगुवा राजबहादुर महतले बताए ।

मंगलबार डोजर प्रयोग गरेर सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सडकमा जथाभावी रूपमा राखिएका निर्माण सामग्री फालिएको छ भने अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको छ । नगरपालिकाको मापदण्डअनुसार सडक १५ मिरट चौडा हुनुपर्ने । त्यसमा एक मिटर फुटपाथका लागि छुट्याइएको थियो ।
तर अहिले फुटपाथसमेत अतिक्रमण गरेर घर टहरा, होटल बनेका छन् ।
अतिक्रमण बजार क्षेत्रसँंगै जुम्लाको तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहीमा पनि बढेकाले अतिक्रमण हटाउने अभियान गाउँसम्म पु¥याइने सडक डिभिजनले जनाएको छ ।

यता प्रमुख जिल्ला विजयाकुमारी प्रसार्इंले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभई अतिक्रमण भएको सबै क्षेत्र सहमति वा बल प्रयोग गरेर भए पनि हटाइने बताइन् ।
सडक सबै नागरिकको साझा सम्पत्ति भएकाले सडक सुरक्षा सबैको दायित्व हो । अतिक्रमण हटाउन प्रहरी प्रशासन, सडक डिभिजनले मात्र सम्भव नभएकाले आमनागरिकको सहयोग आवश्यक रहेको प्रजिअ प्रसाईंको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर