
२०७८ पुष २१, बुधबार
कुबेतमा कोरोना बढेसँगै सरकारले फेब्रुअरी २८ गतेसम्म सबै प्रकारका जनसमुदाय भेला गर्न प्रतिबन्ध लगाउने सोमबार निर्णय गरेको छ । देशमा महामारीको अवस्थालाई ध्यानमा राखी उक्त निर्णयलाई पुनः जाँच गरिने अधिकारीले जानकारी दिए।
सरकारी सञ्चार केन्द्रको ट्वीटर एकाउन्टले जनाएको छ ।
यसबाहेक, मन्त्रिपरिषद्ले सबै आगमन यात्रुहरूलाई देशमा आगमन हुनुभन्दा ७२ घण्टा अगाडि पीसीआर परीक्षण गराउन बाध्य पार्ने निर्णय गरेको छ।