
२०७८ पुष २१, बुधबार
दाङको तुलसीपुरमा फेरि कोरोना संक्रमित बढेका छन्।
पछिल्ला तीन दिनमा २५ संक्रमित फेला परेका हुन्
तुलसीपुर उपमहानगर ८ को आश्वारा माबिका थप ११ जनामा संक्रमण पुष्टि भएको छ।
सोमबार यस विद्यालयका विद्यार्थी र शिक्षक गरी ८ जनामा संक्रमण देखिएको थियो।
मंगलबार १०६ जनामा एन्टिजेन्ट परीक्षण गरिएकोमा ११ जनामा संक्रमण देखिएको हो।
तुलसीपुर उपमहानगरका स्वास्थ्य शाखाका फोकल पर्सन विमल केसीले मंगलबार थप चार शिक्षक र ६ विद्यार्थी तथा एक व्यापारीमा कोरोना संक्रमण देखिएको बताए।
शिक्षक र बिद्यार्थीमा संक्रमण पुष्टि भएपछि एक हप्ताको लागि अश्वारा माविको पठनपाठन बन्द गरिएको छ।