२०७८ पुष २०, मंगलवार

स्पेनिस ला लिगाको दोस्रो स्थानमा आसिन सेभियाले रेलिगेसनको दबाबमा रहेको काडिजमाथि कठिन जित निकालेको छ । सोमबार राति भएको खेलमा सेभियाले काडिजलाई उसैको मैदानमा १–० गोलले हरायो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिस्पर्धात्मक खेलमा सेभियालाई जिताउन लुकास ओकम्पोसले निर्णायक गोल गरे । लुकासले ५८औँ मिनेटमा इभान राकिटिकको पासमा गोल गरेका थिए । ७५ प्रतिशत बल पोसेसन राखेको सेभियालाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो ।

बलियो सेभियालाई रोक्ने काडिजको रणनिति पहिलो हाफमा सफल भएपनि दास्रो हाफमा विफल बन्यो । घरेलु मैदानमा नौ वटा पोस्ट प्रहार गरेको काडिज अन्तमा हार खेप्न बाध्य बन्यो ।

निर्णायक गोल गरेका सेभियाका लुकास ओकम्पोस ‘म्यान अफ दी म्याच’ भए । जितसँगै सेभियाले १९ खेलबाट ४१ अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २० खेलबाट ४६ अङ्क छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अङ्क छ । पराजित काडिज १४ अंकसहित १९औं स्थानमा छ ।
सोमबार रातिनै भएको खेलमा भिल्लारियलले लिभान्तेलाई ५–० गोलले हरायो । घरेलु मैदानमा भएको एकपक्षीय खेलमा भिल्लारियललाई जिताउन जेरार्ड मोरेनोले दुई गोल गरे । बोउलाए डिया, पाउ टोरेस र मनु त्रिगेरोसले एक एक गोल गरेका थिए । जितसँगै २८ अङ्क बनाएको भिल्लारियल आठौं स्थानमा छ । आठ अङ्क बनाएको लिभान्ते तालिकाको अन्तिममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर