२०७८ पुष २०, मंगलवार

भारतमा कोभिड संक्रमण फेरि तीव्र गतिमा फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र गतिमा फैलिएसँगै संक्रमितको संख्या बढेको हो ।

औषतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन् । पछिल्लो साता कोभिड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ । भारतमा कोभिडको तेस्रो लहर सुरु भइसकेको विज्ञहरुले बताएका छन् ।

नयाँ भेरियन्टबाट संक्रमित हुने पनि बढेका छन् । भारतमा अहिलेसम्म एक हजार ७०० जनामा नयाँ भेरियन्ट देखिएको छ । तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी अर्थात ५१० जनामा संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर