२०७८ पुष २०, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी एमाले काभ्रेको दसौँ जिल्ला अधिवेशनका प्रतिनिधिलाई क्यूआर कोडसहितको कार्ड उपलब्ध गराइएको छ।

कार्डलाई स्क्यान गरेर मात्रै सभास्थलको बन्द सत्रमा सहभागी हुन पाउने व्यवस्था मिलाइएको छ ।

एमाले काभ्रेको दसौँ जिल्ला अधिवेशन यही शुक्रबार धुलिखेलमा हुने भएको हो। जिल्ला अधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने भएको छ।

एमाले काभ्रेका कार्यालय सचिव हरिकुमार मैनालीका अनुसार जिल्ला अधिवेशनमा मतदानका लागि ४० थान भोटिङ मेसिनको प्रयोग गरिनेछ।

यसअघि जिल्लामा कुनै पनि राजनीतिक दलको अधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग भएको थिएन।

उनले एमाले काभ्रे जिल्ला कमिटीमा १०५ जना सर्वसम्मत नेतृत्व चयन गर्ने गृहकार्य भएको बताउँदै १०५ जनाभन्दा बढी उम्मेदवार आकाङ्क्षी भएमा निर्वाचनमा जाने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर