२०७८ आश्विन २५, सोमबार

घरबाट हराएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनर्मिलन भएको छ । वि.स. २०२३ सालमा घरपरिवारको सम्पर्कबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गंगाबहादुर गुरुङ (जंगबहादुर भनिने) को मंगलबार मात्रै आफन्तसंग पुनर्मिलन भएको हो ।
वि.स. २००३ सालमा जन्मिएका गुरुङ तत्कालीन समयमा घरबाट हराएर सडक खन्ने काम गर्दागर्दै हराएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्य गाउँमा पुगेका थिए । स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्बिर सहित बागलुङ, बेनी, तातोपानीको नाम लिने उन्ले आफ्नो पुख्यौली थलो फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।
रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट वर्षौंदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उनका आफन्तबिच टेलिफोनमा सम्वाद गराइएको थियो । आफन्तले झण्डै ६० वटा बढी प्रश्न मार्फत आफन्तको नाम, तत्कालिन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा गुरुङले दिएको जवाफले उन्को एकिन गरेका थिए ।
कैलालीमा स्थानीय प्रतिष्ठीत एक व्यक्तिको साहरामा एक्लै बसोबास गर्दै आउनुभएका गुरुङ थामडाँडाका बलबिर गुरुङका हराएका माईला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उहाँका भाइका परिवारसंग मंगलवार पुनर्मिलन भएको छ । गुरुङका भाईका छोरा शेरबहादुर र छोरी विष्सु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलालीमै पुगेर आफ्ना माईलो बुबालाई उद्धार गरि ल्याएका छन् ।
रेडक्रस म्याग्दीको कार्यालयमा औपचारिक रूपमा गुरुङको पारिवारिक पुनर्मिलन गराइएको थियो ।
रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनन्जयकुमार श्रेष्ठ, सहित रेडक्रसकर्मीहरूको उपस्थितिमा गुरुङको पारिवारिक पुनर्मिलन गराइएको थियो ।
‘पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ, घरबाट हराएर दुरदराजमा पुगे पनि बुढेसकालमा गुरुङले आफ्नो जन्मघर र आफन्तलाई पाउनु अति उपलब्धिमूलक कुरा हो’ रेडक्रस म्याग्दीका सभापति हमालले भन्नुभयोे । उहाँका अनुसार, बेनीदेखि कैलालीसम्म पुगेर गुरुङको उद्धारका लागि आवश्यक यातयातको सबै खर्च रेडक्रस म्याग्दीले व्यहोरेको छ ।
साउन अन्तिम साता पुर्णनन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा असोज तेस्रो साता मात्रै पारिवारिक पुनर्मिलन भएको रेडक्रसले जनाएको छ । विभिन्न कारणले हराएका व्यक्तिहरूको खोजी गर्ने काम रेडक्रसले गर्दै आएपनि विरलै हुने पारिवारिक पुनर्मिलन गुरुङको परिवारमा सम्भव भएको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताए । ‘वर्षौंदेखि हराएका व्यक्तिको पुनर्मिलन विरलै हुन्छ, रेडक्रसले समयमै सोधखोज गरेको परिणामले गुरुङले जिवनको अन्तिम क्षणमा भएपनि आफन्त र जन्मथलो पाउनुभएको छ,’उनले भने ।
टेलिफोनको वार्तालापबाट आफ्नो माइलो बुबा नै भएको पुष्टि गरी कैलाली पुगेका शेरबहादुरले अनुहारसमेत आफ्नो बुबाहरूसँग मिल्ने र जन्मथलोको सबै विवरण एकिन गरेर बताएपछि आफन्तसंग सरसल्लाह गरि उहाँलाई घरमा ल्याएको बताउनुभयो । ‘हराएको बारेमा घरपरिवारमा कुराकानी हुन्थ्यो, तर यसरी भेटिनुहोला भनेर सोचेका पनि थियनौँ, सामाजिक सञ्जाल र रेडक्रसको सहयोगले ५२ वर्षदेखि हराएका माईलो बुबालाई हामीले पाउन सफल भयौं, सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दछौं,’ शेरबहादुरले भने ।
घरबाट हराएपछि भौतारिएका गुरुङ तत्कालीन समयमा अतरियादेखि डढेलधुराको महेन्द्रराजमार्गमा काम गर्दागर्दै ठेकेदारले पारिश्रमिक नदिएपछि पैदल हिँडेर कैलालिको मस्य गाउँमा पुग्नुभएको गुरुङले बताए । त्यहाँ पुगेपछि स्थानीयसंग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर माछा मार्ने पेशा अगालेको थिए ।कारोवार

प्रतिक्रिया

सम्बन्धित खवर