२०७८ आश्विन २५, सोमबार

अछाममा विवाहमा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुईकामा दुर्घटनामा परेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जीप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा र १७ वर्षका जीवन जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मृतक न्यौपाने र बोहरा पन्चदेवल विनायक नगरपालिका-२, का हुन् भने जैसी सोही नगरपालिका वडा नम्बर ३ का हुन् ।

दुर्घटनामा सवारीचालकसहित १६ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । मदन धामी र उपेन्द्र शाहीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर