२०७८ आश्विन २४, आईतवार

कन्टेनरमा अलपत्र परेका नेपालीसहित १२६ जना आप्रवासीलाई ग्वाटेमालाबाट उद्धार गरिएको छ । ग्वाटेमाला प्रहरीले सडक छेउको एक कन्टेनरमा अलपत्र छाडिएका उनीहरुको उद्धार गरेको हो ।

उद्धार गरिएकामा सबैजसो अमेरिका पुर्‍याउन रकम लिएर तस्करहरुले छोडेको बताइएकाे छ । त्यस्तै मुलुकमा द्वन्द्वमा भएपछि अमेरिका प्रवेश गर्न लागेकाहरु भएको ग्वाटेमाला प्रहरीले बताएको छ ।

बीबीसीका अनुसार त्यहाँ नेपाली र घानाका नागरिकहरु पनि रहेका छन् । त्यस्तै सबैभन्दा धेरै राजनीतिक संकटमा फसेको इटालीका नागरिकहरु १०० भन्दा बढी रहेको बताइएको छ ।

कन्टेनरमा चिच्याएको आवाज आएपछि स्थानीय प्रहरीले उनीहरुको उद्धार गरेको हो । ग्वाटीमाला प्रहरीका एक प्रवक्ताले बताए अनुसार उनीहरु कन्टेनरबाट कराएका थिए । उनीहरुले भित्ता बजारेको बजारीदै थिए । त्यसपछि स्थानीय प्रहरीले ढोका खोलेको थियो । सो क्रममा कागजातविहीन १२६ मानिस भेटिएका थिए ।

उद्धारपछि ग्वाटेमाला प्रहरीले सबैलाई माइग्रेसन इन्स्टिच्यूटद्वारा सञ्चालित आश्रय स्थलमा लैजाने तयारी गरिरहेको छ । त्यसभन्दा अघि उनीहरुको प्राथमिक उपचार गराइएको छ । सुझबुझ गर्दा उनीहरु त्यसअघि होण्डुसर पुगेका थिए । त्यहाँ असुरक्षित रुममै अमेरिकातिर अघि बढाइएको थियो । न्यूज२४नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर