२०७८ आश्विन २४, आईतवार

अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका गणेश केसीले एनआरएनको आगामी नेतृत्वमा उपाध्यक्षका लागि उम्मेद्वारी दिने भएका छन्।

https://amzn.to/4myfPN5

एनआरएनए अष्ट्रेलियाका बिभिन्न पदमा काम गर्दै आएका उनले सन २०११, २०१३ मा अध्यक्ष भएर सफल कार्य सम्पादन गरिसकेका छन्।

केसीले सन् २०१२ मा अष्ट्रेलियामा भएको एनआरएनए ग्लोवलको क्षेत्रीय सम्मेलन भब्य आयोजना गर्दै सफल पार्ने अवसर समेत जुटाएका थिए। नेपाली विद्यार्थी एवं असायलाई सहयोग गर्न एक करोडको सोसियल वेलफेयर फण्डको स्थापना गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्वाब्बासीसमेत पाएका थिए।

सन २०१३ मा आईसीसी सदस्य भएर काम गरेका केसी सन् २०१५ र सन २०१७ मा सचिवका उपविजेता थिए।

‘मेरो इच्छा सेवाभावले संस्थामा काम गर्न जाने भएकाले मैले हिजो गरेका कामलाई हेरेर पनि सबैले सहयोग गर्नु हुन्छ भन्ने आशावादी छु’, केसीले भने।

प्रतिक्रिया

सम्बन्धित खवर