२०७८ आश्विन २४, आईतवार

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सहित इनरुवा तनावग्रस्त बनेको छ ।  भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ ।  प्र्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् । उता जिल्लाप्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटी भीक्यामेरामा स्पष्ट अात्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताए ।

सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मदह किमसाह अनुसन्धानको क्रममा थुनामा थिए । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर