२०७८ आश्विन २४, आईतवार
कतारले अवैधानिक रुपमा बसेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेको छ ।
बिभिन्न कारणले कतारमा गैरकानुनी रुपमा बसेका कामदारहरुलाई सजाय र जरिवाना बिनै आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आममाफी प्रकृयामा सहभागी हुन चाहनेहरुले कतारको सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ बजेदेखि बेलुका ६ बजे भित्र आफ्नो नाम दर्ता गराउन सकिने छ ।
आममाफी अक्टोबर १० मा सुरु भएर डिसेम्बर ३१ सम्मको समयसीमा तोकिएको छ । कतार सरकारले दिन लागेको आममाफिको अवसर अवैधानिक वसेका धेरै नेपालीहरुले समेत लिने छन ।
कतारमा कति नेपाली अवैधानिक अवस्थामा वसेका छन कतैपनि रेकर्ड छैन । नेपाली दुतावासका अनुसार कतारमा हाल ३ लाख १२ हजार ६५० नेपाली कानुनी हैसियतका रुपमा कार्यरत छन् । जसमध्ये ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।