११ भाद्र २०७७, बिहिवार

दाङ देउखुरीको राप्ती गाउँपालिकामा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमित फेला परेका छन् । राप्ती गाउँपालिका वार्ड नम्बर १ का ५५ बर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएसंगै समुदायस्तरमा कोरोना देखिएको छ ।
संक्रमण देखिएपछि राप्ती गाउँपालिकाको ५ वटा टोल सील गर्न लागिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय विपद व्यवस्थापन समितिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
शुक्रवार भदौ १२ गते राती १२ बजे देखि भदौ १९ गते राती १२ बजे सम्म वडा नम्बर १, ४ र ८ का ५ वटा टोललाई सील गर्ने निर्णय गरेको अध्यक्ष सुवेदीले वताउनु भयो ।
गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा वाहेक अन्य सवै सेवा भदौ १२ गते देखि स्थगित गर्ने र वडा कार्यालयबाट कोभिड १९ को रोकथाम सचेतना अभिवृद्धिका लागि प्रचारप्रसार गर्ने लगायतको निर्णय गरेको छ । अत्यावश्यक वाहेकका सवै सेवा वन्द हुनेछन भने सवारी साधनहरु समेत नचल्ने भएका हुन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर