दिनेश खडका,खप्तडि/क्वालालम्पुर

असोज २४, २०७८

मलेसियामा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्दै एनआरएनए मलेसियाले श्रमिक हरुका समस्याको समाधान गर्नको लागि नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।

गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष विनोद थापाको नेतृत्वमा प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासंग भेटवार्ता भएको छ ।

एनआरएनका अध्यक्ष बिनोद थापाका अनुसार भेटवार्तामा मलेसियामा रहेका नेपाली श्रमिकहरुले भोग्दै आएका समस्या हरुलाई तत्काल कार्यन्वयन हुने गरि ध्यानाकर्षण गराएको अध्यक्ष थापाले बताउनुभयो ।

मलेसियामा जुनसुकै अप्ठ्यारोमा पनि समस्या पर्दा तत्काल सुरक्षित र सहज तरिकाले पिडित हरुको व्यवस्थापन गर्न र नेपाल पठाउन थप सजिलो होस भन्ने उदेश्यले नेपाल सरकार र एनआरएनए मलेसियाको समन्वयमा मलेसिया मा नेपाली श्रमिकमैत्री सेल्ट्रर हाउस स्थापना गर्न एक्दमै आबश्यक रहेको र यसको पहल गर्न सरकारसँग आग्रह गरेको अध्यक्ष थापाले बताउनुभयो ।

यसैगरी पुन:श्रम स्विकृति र यसको लागत शुल्क मलेसियाबाट दुतावासको समन्वय र सहकार्यमा मलेसियाबाट नै सहज हुने गरि माग प्रधानमन्त्री देउवा तथा परराष्ट्रमन्त्री खड्का सक्षम राखिएको थापाले बताउनुभयो। मलेसियामा रहेका नेपाली श्रमिक हरुलाई पुनःश्रम स्विकृती गर्न निकै समस्या खेपि रहेको छन। दुतावासको समन्वयमा पुनःश्रम स्विकृती मलेसियाबाट गर्ने हो भने हजारौं श्रमिक नेपाली हरुले यसको लाभ लिने छन।

भेटबार्तामा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा.खड्काले मलेसियामा रहेका आम नेपाली श्रमिकको हितका निम्ति सेल्ट्रर हाउसको निर्माण गर्न सरकारले सक्दो भुमिका निर्वाह गर्ने ,साथै मलेसियामा रहेका सम्पुर्ण नेपाली हरुका समस्याहरुको समाधान गर्न सरकार प्रतिबद्ध रहेको अध्यक्ष थापाले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर