
२४ आश्विन २०७८, आइतबार
एजेन्सी- कङ्गोमा डुङ्गा दुर्घटनामा परी १०० भन्दाबढी मानिसहरूको मृत्यु भएको वा बेपत्ता भएको अधिकारीहरूले जनाएका छन्।
उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको छ भने अन्य ६० जना अझै बेपत्ता छन् । उक्त दुर्घटनामा ३९ जना यात्रुहरू भने जीवित रहेका छन् ।
प्रवक्ताका अनुसार उक्त दुर्घटना रात्रीको समयमा खराब मौसम वा अत्यधिक यात्रुहरूको चापका कारण भएको हुनसक्छ ।
पीडितहरुमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरु रहेका छन् । प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धार जारी रहेको बताएका छन् ।