शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ । यो साता बुधबारमात्र शेयर बजार उकालो लागेको थियो ।

बिहीबार बजार मापक परिसूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ को बिन्दुमा झरेको छ ।
बिहीबार १ बजेसम्म हरियाली देखिएको बजार त्यसपछि भने घटेर राताम्य भएको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यसदिन १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहमा मात्र हरियाली आएको छ । ट्रेडिङ, अन्य र म्युचुअल फण्डमामात्र वृद्धि हुँदा अन्य १० वटा उपसमूहमा गिरावट आएको हो ।

यसदिन २२५ कम्पनीका ७३,२१,०१४ कित्ता शेयर किनबेच हुँदा ३,७०,००,२९,५०७ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर