दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

बाग्लुङ सेवा समाज मलेसियाको पहलमा स्व. मल्लको परिवारलाई आर्थीक सहयोग ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बैदेशिक रोजगारीको सिलसिलामा बाग्लुङ जिल्ला काटेखोला गा .पा. १ का कृष्ण बहादुर मल्ल बिगत केहि बर्ष देखी मलेशिया स्थित गोल्डेन ट्राङल सिक्युरिटी कम्पनीमा कार्यरत थिए । कोरोना सन्क्रमन बाट गत अगस्त -०३ मा मृत्यु भएका मल्लको दाहसंस्कार मलेसियामै गरिएको बाग्लुङ सेवा समाजका सचिब सन्तोश खड्काले बताउनु भयो ।

नेपाल स्थित मल्लको घर परिवार मा आर्थिक अवस्था कम्जोर भएका कारणले सोही कम्पनीमा कार्यरत मनकारि साथी लगाएत बाग्लुङ सेवा समाज मलेशियाको पहलमा आरएम ४३१५ जम्मा गरी मल्लकि श्रीमती सृजना मल्लको नाममा रहेको एनसिसि बैंकको खातामा नेपाली रु १२०३२४ .७५ रुपैया पठाइ सहयोग गरेको खड्काले राष्ट्रडेली लाई बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर