२०७८ आश्विन १०, आईतवार

पछिल्लो २४ घण्टामा नेपालमा ८३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७३० जना र एन्टिजन परिक्षण गर्दा १०४ जना गरि जम्मा ८३४ जना नयाँ संक्रमित थपिएका हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

त्यस्तै, पछिल्लो २४ घण्टामा १२७९ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ९ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ७३६ जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख २ हजार ३०१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर