मलेसियामा बच्चा जन्माएर होस्टेलको कोठामै पलास्टिकमा पोको पारी राखेको अवस्थामा एक नेपाली महिला पक्राउ परेकी छन ।

मलक्का राज्यमा पर्ने आलोर गाजाह स्थित एक कम्पनी मा कार्यरत नेपाली महिलाले आफ्नो गर्भबाट बच्चालाई जन्म दिइएर कोठामै प्लास्टिकले पोको पारेर राखेको जानकारी पाएपछी प्रहरीले थप आवश्यक अनुसन्धानको लागी महिलालाई पक्राउ गरेको छ ।

https://amzn.to/4myfPN5

बच्चालाई जन्म दिएर चुपचाप कसैलाई केहि नभनि कोठामै बसेकी महिलाले गर्भपतनको पीडा शरीर र हात,खुट्टा सुनिएर बिरामी परेपछि उपचारका लागी अस्पतालमा गएकी थिइन्। डाक्टरले सोधखोज गर्दा ती महिलाले साच्चैनै बच्चालाई जन्म दिएको घट्नाको रहस्य खुलेको हो।

बच्चा  मृत अवस्थामै जन्मिएको हो या जन्म भैइसके पश्चात् महिला आफैंले बच्चालाई मारेर पलास्टिकमा पोको पारेर राखेको हो  ? भन्ने बारे केहि खुलाइएको छैन। यो समाचार स्थानीय सञ्चार माध्यम हारियान मेट्रो अनलाइनले समाचार प्रकाशित गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर