६ असोज २०७८, बुधवार

नेपाल सरकारले विभिन्न देशवाट राजदुतहरुलाई फिर्ता वोलाएको छ । जस अनुसार १२ देशमा हाल रहेका राजदुतहरु फिर्ता हुने भएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

केपी ओली प्रधानमन्त्री हुँदा नियुक्त गरिएका राजदुतहरु वर्तमान सरकारले फिर्ता वोलाएको छ । जस अनुसार मलेसिया चीन, बंगलादेश, कतार, अमेरिका, इजरायल, स्पेन, दक्षिण अफ्रिका, भारत, बेलायत, ओमान, जापानका राजदुतहरु फिर्ता हुदैछन ।

मलेसियामा झन्डै ३ बर्ष अगाडी राजदुत नियुक्त भएर आएका उदयराज पाण्डेय फिर्ता हुने खवर सगै मलेसियामा रहेका नेपाली श्रमिकहरु निराश भएका छन । अन्य राजदुतहरु विवादित वन्ने गरेका भएपनि पाण्डेय कुनैपनि दिनमा विवादित भएनन । विभिन्न संघसंस्थाहरु संग समन्वय र सहकार्य गर्ने गरेको कारण मलेसियामा निकै राम्रो प्रशसा भएको थियो । राजदुत पाण्डेय राजदुत भएर मलेसिया गएदेखि एजेण्टको पहुच समेत दुतावासमा कम भएको त्यहाँ रहेका नेपालीहरु वताउछन । नेपाली श्रमिकहरुलाई परेको दुखको वेला सिधै चासो दिने भएको कारण उनी सवैका प्रिय रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर