
६ असोज २०७८, बुधवार
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा एकलौटी गर्दै आफ्नो समूहका नेताहरुलाईमात्र मन्त्री बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ ।
पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले बुधबार आफू निकटकै नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । खड्कासँगै मन्त्रिपरिषदमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् । ती सबै देउवा निकटका हुन् ।