दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

६ असोज २०७८, बुधवार
मलेसियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन । रोल्पा जिल्लाको दुबरिङ्ग ८ रोल्पाका कमल ओली क्षेत्रीले झुन्डिएर आत्महत्या गरेका हुन ।करीव ६वर्ष देखि मलेसियामा सेक्युरिटि गार्डको रुपमा कार्यरत रहेका ओलीले केहि दिन अगाडि देखि आफु विरामि भएको वताउदै आएका थिए ।
यसक्रममा कम्पनीवाट छुट्टि लिएर कमल विदामा वसेका थिए । बिदामा रहेको अवस्थामा होस्टल नजिकै वन्दै गरेको कन्ट्र्क्सन बिल्डिङमा गई झुण्डिएर आत्महत्या गरेका थिए । शवलाई पोसमार्टमको लागि स्थानिय अस्पतालमा लगिएको छ । पोसमार्टमको रिपोर्ट पश्चात शवलाई आवश्यक प्रकृयालाई अगाडि वढाईने कम्पनीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

 

प्रतिक्रिया

सम्बन्धित खवर