अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दललाई वार्ता, संवादबाट राष्ट्रिय एकता कायम गरेर अघि बढ्ने नीति आफूहरूको भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन् ।

‘प्रमुख प्रतिपक्षीलाई मिलाएर वार्ता संवादबाट राष्ट्रिय एकता कायम गरेर जाने नीति छ’, संचारकर्मीको प्रश्नको जवाफमा उनले भने ।

प्रमुख प्रतिपक्षीसँग सौहार्दपूर्ण वातावरण बनाउने भन्दै शर्माले अघि भने, ‘प्रतिपक्षीसँग सौहार्दपूर्ण वातावरण बनाउने हो । निरन्तर वार्ता गर्ने हो । बैठकहरू भएको यहाँहरूलाई थाहा छ । कानुनमन्त्रीले निरन्तर वार्ता गर्नुभएको पनि यहाँलाई थाहा छ । हामी वार्ता संवादलाई निरन्तरता पनि दिइरहेका छौं । बजेट अब लामो समयसमम्म रोकिराख्यो भने सबैकुरा ठप्प हुने भएकाले सँगसँगै लानपर्ने बाध्यता हाम्रो छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर