मलेसियामा सुरक्षागार्डले भोग्दै आएका समस्या र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा जन उद्वार केन्द्र ले भर्चुअल मार्फत अंतरक्रीया कार्यक्रम संम्पन्न गरेको छ ।

कार्यक्रममा मलेशिया स्थित नेपाली राज दुताबासका श्रम कन्सुलर दिपक ढकाल लगाएत मलेशिया मा रहेका विभिन्न संघ संस्थाहरुको

https://amzn.to/4myfPN5

उपस्थिती थियो । दिपक ढकालले श्रम सम्बन्धि आएका गुनासा कुनैपनी समस्या आफुले समाधान गर्ने बताउदै वापसिक सहयोग गरागर गर्दै

समाधान खोजीनुपर्ने र मलेसिया सरकार र नेपाल सरकार बीच भएको श्रम सम्झौता बिपरित मलेसिया सरकारले तोकेको मापदण्ड अनुसार

को सेवा सुबिधा नपाए दूतावासमा सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो।

कार्यक्रम मा गैर आवासीय नेपाली संघ मलेसिया का अध्यक्ष बिनोद थापा , मजदुर एकता समाजका अध्यक्ष अर्जुन सिंह अनुरागी , महिला

अधिकारकर्मी ,समाजसेवी तथा प्रवासी नेपालि एकता संजाल कि अध्यक्ष सपना बस्याल लगाएत ले समस्या मा परेका नेपाली श्रमिक हरु लाई

आफ्नो आफ्नो ठाउँ बाट सहयोग र समाधान गर्न र गराउन को निम्ती आफुहरुले खेल्ने भुमिका र कुटनैतिक नियोग बाट हुनुपर्ने बताउनु

भएको थियो । कुनै पनि हालत मा समस्या को समाधान गरिनु पर्ने बताउनु भएको थियो।

आउँदा दिनहरुमा पनि यस्तो कार्यक्रम गरिने आयोजक संस्थाका जनउद्वार केन्द्रका अध्यक्ष केसु थापाले बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर